कैलालीबाट लागूऔषध मुद्दामा दोषी ठहर भई फरार रहेका दुई जना युवक प्रहरीको फन्दामा परेका छन् । गोदावरी नगरपालिका–३ का २६ वर्षीय विशेश्वर प्रसाद भट्ट र २६ वर्षीया ममता चौधरी पक्राउ परेका हुन् ।
कैलाली जिल्ला अदालतको फैसलाले लागूऔषध मुद्दामा १ महिना २० दिन कैद सजाय तोकेपछि दुबै जना फरार रहेका थिए । फरार रहेका दुबै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनीहरूकै घरबाट पक्राउ गरेको जनाएको छ ।
प्रकाशित :- २०८१ भाद्र १५, गते शनिबार