
कैलालीको सुखडबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।


लागूऔषध मुद्दामा ३ महिना कैद सजाय तोकिएका घोडाघोडी नगरपालिका-८ का ३१ वर्षीय फैसल खान र वडा नम्बर १ का दिपक भनिने वर्ष २६ का आर्जन चौधरी पक्राउ परेका हुन्।
कैलाली अदालतबाट दोषी ठहर भई फरार रहेका खानलाई शुक्रबार र चौधरीलाई शनिबार इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको कार्यालयका प्रमुख डिएसपी दीपेन्द्र कुमार पालले जानकारी दिए।

दुवैजनालाई उनिहरुको घरबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको र आइतबार जिल्ला अदालत कैलालीमा पेस गरिने डिएसपी पालले जानकारी दिए।



