कञ्चनपुरमा प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–११ भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अनुमानित १ लाख ३७ हजार ३५ मूल्य बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
उक्त मुल्य बराबरको काजु, कस्मेटिकका सामान, साडी, सुटपिस, ब्लाउज लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।



प्रकाशित :- २०८१ भाद्र १५, गते शनिबार