बैतडी जिल्लामा झडप हुँदा नेपाली सेनामा कार्यरत नरेन्द्र बिष्टसहित दुई जना घाइते भएका छन् ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–४ लटैनाथ मन्दिरमा लागेको गौरा पर्वको मेलामा झडप हुँदा दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार घर भइ गुरूबक्स गुल्म कैलालीमा कार्यरत २३ वर्षीय नरेन्द्र बिष्ट र दोगडाकेदार ४ कै ३० वर्षीय सुरजसिंह ठगुन्ना घाइते भएका छन् ।
मेलामा बिहिवार बेलुका झडप हुँदा सेनामा कार्यरत बिष्टको टाउकोमा चोट लागेको छ । उनको टाउको ११ टाँका लागेको वडाध्यक्ष तर्कराज भट्टले बताए । यस्तै सुरजको मुखमा चोट लागेको छ । दुवै जनाको स्थानीय श्रीकेदार स्वास्थ्यचौकीमा प्राथमिक उपचार गरिएको र थप उपचारका लागि धनगढी ल्याउने तयारी भएको वडा अध्यक्ष भट्टले जानकारी दिए ।

घटनामा संलग्न रहेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । दोगडाकेदार गाउँपालिका–५ गोबडाका किरन चन्द, रोशन चन्द र सञ्जय चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । पक्राउ परेका तीनैजना इलाका प्रहरी कार्यालय पाटनको नियन्त्रणमा रहेका छन्। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।

