

कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भजनी नगरपालिका-३ ठेकीपुल नजिक भित्री सडक खण्डबाट लागूऔषध (खैरो हेरोईन)सहित भजनी नगरपालिका-१ का २९ वर्षीय लोकबहादुर कुमाल पक्राउ परेका हुन।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले कुमालेको साथबाट ६ ग्राम ७५ मिलिग्राम लागूऔषध सहित पक्राउ गरेको जनाएको छ। उनले प्रयोग गरेको मोटरसाईकल एक थानसहित पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

प्रकाशित :- २०८० पुष ४, गते बुधबार