ललिलपुरको एकान्तकुनामा अवस्थित आधारशिला एकेडेमीको २१ औ वार्षिक दिवस तथा शैक्षिक, साँस्कृतिक उत्सव २०८२ शनिबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै एकेडेमीका प्राचार्य गणेश गिरीले आफूहरुको मुख्य उदेश्य नै गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्नु भएकाले निरन्तर रुपमा विद्यालयको समग्र अवस्था सुधार गर्न लागि परेको बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न संस्कृति झल्किने गित, नृत्यसंगै व्यंग्यतम एवं जनचेतनामूलक नाटक प्रस्तुत गरेका थिए ।
सो अवसरमा शैक्षिक वर्ष २०८१ सालको वार्षिक परीक्षामा उत्कृष्ट जीपिए ल्याइ कक्षा प्रथम हुने विद्यार्थीहरुलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । त्यसैगरी विद्यालय स्तरमा आयोजना गरिएको गायन तथा नृत्य विधातर्फ प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगीहरुलाई पनि मेडल, ट्रफि र प्रमाण पत्र दिइएको थियो । विशुद्ध साँस्कृतिक र शैक्षिक गतिविधीमा केन्द्रित कार्यक्रममा हास्यकलाकार दमन रुपाखेती (घर ज्वाई), लेखान्त भुषाल (घिरौले) र गायक सुमन बिटीले विशेष प्रस्तुती दिनुभएको थियो । कार्यक्रमको संचालन ऐकेडेमिका संयोजक शम्भु सुवेदीले गर्नुभएको थियो ।


