
कञ्चनपुर : शुक्रबार बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ बडैपुरमा आगलागी हुँदा बिभिन्न धनमाल जलेर नष्ट भएको छ ।

भीमदत्त–१३ बडैपुर स्थित बिरेन्द्र बोहराको खरले छाएको भान्सा कोठा र गाई गोठमा शुक्रवार बिहान अचानक आगलागी हुँदा भान्सा र गाई गोठमा आग लागि भएको जनाइएको छ । आगलागि हुँदा अनुमानित ४० हजार बराबरको समानहरु जलेर क्षती भएको प्रहरीले जनाएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

प्रकाशित :- २०८० फाल्गुन २६, गते शनिबार