नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को निवर्तमान सचिव रामकुमारी झाँक्रीको उपाध्यक्ष यात्रामा ब्रेक लागेको छ । उनलाई पराजित गर्दै जयन्ती राई विजयी भएकी छन् । राईले १ सय ८९ मत प्राप्त गर्दा झाँक्रीले १ सय १२ मत पाएकी छन् ।
यस्तै पार्टीको वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्रप्रसाद पाण्डे, उपाध्यक्ष (मधेसी समुदाय) धर्मनाथ साह, उपाध्यक्ष (खुला) जगन्नाथ खतिवडा, डा. गङ्गालाल तुलाधर, भानुभक्त जोशी र प्रकाश ज्वाला निर्वाचित भएका छन् ।
यसै गरी उप–महासचिवमा राजेन्द्रकुमार राई, मेटमणि चौधरी, रामकुमार भट्टराई र गरिमा शाह निर्वाचित भएका छन् । पार्टीको सचिव पदमा (समावेशी) बलदेव चौधरी र सचिव (दलित) गणेश विक, सचिव (खुला) मा शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्री भुसाल र श्रीनाथ बराल चयन भएको पार्टीको निर्वाचन आयोगले जनाएको छ ।




प्रकाशित :- २०८१ भाद्र १२, गते बुधबार