नेपाल प्रहरीले आफ्ना २० जना कर्मचारीलाई ७ दिन भित्र कार्यालयमा हाजिर हुन उर्दी जारी गरेको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना जारी गर्दै विभिन्न पदका २० जना कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन उर्दी जारी गरेको हो । कार्यालयले ७ दिनभित्र हाजिर नभएमा आवश्यक कारबाही गर्ने चेतावनी समेत दिएको छ ।



प्रकाशित :- २०८१ भाद्र ११, गते मंगलवार