
कैलालीमा क्रेनले ठक्कर दिँदा एक जना पैदल यात्री घाइते भएका छन् ।


जिल्लाको लम्कीचुहा नगरपालिका-४ बलिया स्थित महेन्द्र राजमार्गमा सोमबार राति साढे ८ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र.–२–०३–००१ क २०२७ नं. को क्रेनले पैदल यात्रीलाई ठक्कर दिएको हो ।
क्रेनको ठक्करबाट सोही वडाका ४२ वर्षीय किरण प्रसाद शर्मा घाइते भएका छन्। ।
घाइते शर्मालाई उपचारका लागि लालरत्न अस्पताल लम्कीमा लगेको भएपनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रिफर गरिएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

क्रेन चालक सुरज चौधरीलाई भने इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



