जापानको टोकियोमा पहिलो पटक क्षत्री समाज गठन भएको छ । नरेशबहादुर जिसी क्षेत्रीको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिती चयन गरिएको हो । यस्तै समाजको उपाघ्यक्षमा शुक बहादुर के.सि. सचिवमा सरोज कार्की,सहसचिवमा एस.बि. साउॅंद र कोषाध्यक्षमा रोशन प्रताप क्षेत्री रहनुभएको छ । कार्यक्रममा बोल्दै वृहत्त क्षेत्री समाजको एकता र संगठनको आवश्यकता महशुस गरी टोकियोमा पहिलो पटक समाज गठन गरिएको अध्यक्ष जिसीले बताउनुभयो ।
समाज विस्तारमा लागि पर्दै सांस्कृतिक र सामाजिक कृयाकलापमा अग्रसर हुने कार्यक्रमका अन्य सहभागीहरुको भनाई छ । यस्तै समाजको अभियानमा साथ दिन र हातेमालो गर्न उनीहरुले सम्पूर्ण क्षेत्री समुदायलाई आग्रह समेत गरेका छन् !
क्षत्री समाजको आगामी कार्यदिशा र रणनीतिबारे वृहत्त छलफल गर्दै कार्यक्रम समापन भएको थियो ।