कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाका दुई जना फरार दोषी आइतबार पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका ७ बस्ने ४२ वर्षीय नेकीराम राना र सोही ठाउँ बस्ने ४० वर्षीय धनीराम रानालाई हिजो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोही स्थानबाट पक्राउ गरेको हो ।
जिल्ला अदालत कैलालीको फैसलाले जाल साक्षी मुद्दामा जनही २ हजार ८ सय १२ जरिवाना ठहर गरेपछि दुबै जना फरार रहेका थिए । फैसला कार्यान्वयनको लागि दुवै जनालाई प्रहरीले अदालत समक्ष पेश गरेको छ ।
प्रकाशित :- २०८० चैत्र १२, गते सोमबार