बझाङमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् ।

जिल्लाको छबिसपाथिभेरा गाउँपालिका-१ का २४ वर्षीय धर्म राज गिरीलाई शनिवार प्रहरीले पक्राउ गरेको हो ।
गिरीले ती किशोरीलाई शनिवार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित :- २०८१ माघ १३, गते आईतवार

