
भारतबाट भन्सार छली ल्याएका सामान कञ्चनपुरमा बरामद गरिएको छ ।


जिल्लाको बेलौरी नगरपालिका–६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अनमानित ६९ हजार ४ सय मूल्य बराबरको चिनी, बिडी, सुर्ती लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त सामान वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।




प्रकाशित :- २०८१ श्रावण २६, गते शनिबार