दार्चुला जिल्लाको महाकाली नगरपालिकाबाट नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन् ।
जिल्लाको दुँहु गाउँपालिका–२ घर भई हाल महाकाली–४ खंलगा तिंकरखेडामा ३० वर्षीय जनक बडालले सञ्चालन गरेको बडाल फास्टफुडको चौथो तल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
बडालसहित ६ जनालाई नगद १ लाख २४ हजार ८८० र २ गड्डी ताससहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रकाशित :- २०८१ श्रावण २६, शनिबार ०९:०९


