भजनी : कैलालीको भजनीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
भजनी नगरपालिका–३ कुसमघाटबाट टीकापुर नगरपालिका–१ बस्ने ४० वर्षीय लेखराम चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ । चौधरीलाई ९ सय ६० मिलिग्राम लागूऔषध (खैरो हिरोईन)सहित फेला पारी नियन्त्रण लिएको प्रहरी चौकी जनकपुरले जनाएको छ । यस विषयमा थप अनुसन्धान भईरहेको बताइएको छ ।
प्रकाशित :- २०८१ श्रावण ४, शुक्रबार १०:३०


