
काठमाण्डौ : २०७९ पुस ११ मा प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचौ पटकमा भने अल्पमतमा परेका छन् । उनले यस अघि चार पटक विश्वसको मत पाइसकेका थिए । आज अल्पमतमा परेसँगै उनी नेतृत्वको सरकार पनि १९ महिनापछि ढलेको छ ।


प्रतिनिधि सभामा आज विश्वासको मतका लागि प्रस्ताव राखेका थिए । तर उनको विपक्षमा आज दुई तिहाई बहुमत सांसदले मतदान गर्दा पक्षमा भने जम्मा ६३ जनाले मतदान गरे । उनको विपक्षमा १ सय ९४ जनाले मतदान गर्दा एक जना भने तटस्थ रहे ।
प्रधानमन्त्रीको प्रस्तावको पक्षमा माओवादी, रास्वपा र नेकपा एकीकृत समाजवादीका सांसदले मतदान गरे ।

कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति भएपछि सरकार ढल्ने निश्चित हुँदा पनि प्रचण्डले विश्वासको मत लिएका हुन् । प्रचण्ड सरकार ढलेसँगै ओलीलाई दुई तिहाइको प्रधानमन्त्री बनाउने सहमतिअनुसार कांग्रेस एमालेले नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने भएका छन् ।

२०७९ पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएका थिए ।

