कैलालीको बर्दगोरियाका गाउँपालिकाका कर्मचारीहरूले सोमबार पालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्कीलाई २० बुदेमाग सहित ज्ञापन पत्र बुझाएका छन्। शुक्रवार देखी पेन डाउन गरेका उनीहरूले सरकार आफ्ना माग हरूमा जिम्मेवार नभएको भन्दै सोमबार ज्ञापन पत्र बझाएका हुन्। । सङ्घीय निजामती विधेयकका विरुद्ध देशभरका कर्मचारी जस्तै उनीहरू पनि अत्यावश्यक बाहेकका कार्यालयको काम रोकेर पेन डाउन अर्थात् आन्दोलनमा छन् ।
सङ्घीय कर्मचारी सेवा ऐनले स्थानीय तहका कर्मचारीलाई विभेद गरेको भन्दै उनीहरूले केन्द्रीय सर्कुलर अनुसार सबै तहका कर्मचारीहरूको अधिकार समान हुनु पर्ने माग राख्दै पेन डाउन गरेका हुन ।
सबैलाई समान हुने गरी एकीकृत निजामती सेवा ऐन जारी गर्नु पर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गर्नु पर्ने, निजामतीको परिभाषाभित्र स्थानीय तहका कर्मचारीलाई समेत समेट्नु पर्ने, तीनै तहका कर्मचारीहरूको समान वृत्ति विकासको व्यवस्था गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।
केन्द्रीय सर्कुलर अनुसार आफूहरूले पेन डाउन गरेको भन्दै बर्दगोरिया गाउँपालिका पशु शाखा प्रमुख तथा आन्दोलन समितिका संयोजक जयप्रसाद कोइरालाले प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्कीलाई ज्ञापन पत्र बुझाउँदै आफ्ना मागहरू सम्बोधन नहुँदा सम्म अत्यावश्यक बाहेकका सेवाहरू थप्प पार्ने जानकारी दिएका छन् ।
यस्तै ज्ञापन पत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत कार्कीले कर्मचारीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्।