सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरिक्षक नेत्रमणी गिरीले मातहतका युनिटहरुबाट अवैध रकम असुल्ने गरेको आरोप लागेको छ । प्रहरी उपरीक्षक गिरीले सुदूरपश्चिम प्रदेश आएदेखिनै प्रदेश भरका मातहतका युनिटहरुबाट मासिक रकम असुल्ने गरेको ट्राफिक प्रहरी स्रोतले नै जानकारी दिएको छ । ट्राफिक प्रहरीको विश्सनीय स्रोत अनुसार ट्राफिक प्रहरी उपरिक्षक गिरीले मासिक एक लाख पचास हजारदेखि दुई लाखसम्म असुल्ने गरेका छन् । बिशेष गरी कैलाली र कञ्चनपुरमा रहेका ट्राफिक प्रहरी पोष्टहरुबाट उनले मासिक रकम बुझ्ने गरेका छन् ।
यस भन्दापहिला पनी एसपी गिरीले अवैध रकम अठाउने गरेका सामाचार सार्वजनिक भएको थियो । समाचार प्रकाशन पछी एसपी गिरीले झन रकम असुलीलाई तिब्र पारेको सवारी धनी तथा चालकहरुले गुनासो गरेका छन् ।
गिरी सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय प्रमुखमा आएका करिब एक वर्ष पुरा भएको छ । कार्यकालको अन्तिम भएकाले जतिखेर पनि सरुवा हुने भएको भन्दै पछिल्लो समयमा अबैध रकम असुली तिब्र पारेको व्यवसायीहरु बताउछन् । उनले मातहका ट्राफिक युनिटहरु मार्फत बिशेष गरी क्रसर उद्योगी, निर्माण व्यवसायीहरु, ईटा उद्योगीहरु, ट्क्टर,बस, मालबहाक ट्रकहरुका मालिक तथा चालकहरुसंग मासिक रुपमा अबैध रकम उठाउँदै आएका छन् । यस्तै भारती नम्बर प्लेटका नेपाली सीमानबाट चल्ने ट्याक्सी तथा भारतबाट तरकारी तथा अन्य मालसामान बोकेर आउने मालबहाक सवारी साधाहरुबाट समेत ट्राफिक प्रहरीले मासिक रुपमा एक सयदेखि एक हजार सम्मबुझ्दै आएको छ । यती मात्र हैन भर्खर ट्याक खुलेका तथा रुट प्रमिट नपाएका सडकमा जोखिम पूर्ण रुपमा सञ्चालित सवारी साधनहरुबाट समेत ट्राफिक प्रहरीले मासिक रकम बुझ्ने गरेको कैलाली एक बसचालकले बताए । उनले भने ‘ट्राफिक प्रहरीलाई मासिक रुपमा पैसा दियो भने केही हेर्दैनन् नभए अनेक बहानामा दुःख दिन्छन् । अनावश्यक हैरानी खेप्नु भन्दा मासिक दुई चार हजार दिई दिउ भन्ने सबैमा पर्छ र दिने पनि गर्छौ ।’
अहिले सरुवा हुने अन्तीम समयमा प्रहरी उपरीक्षक गिरीको दवाबमा मातहतका ट्राफिक पोष्टमा खटिएका ट्राफिक प्रहरीले दोब्बर बढी रकम उठाउन गरेको र यसबाट आफुहरुलाई निक्कै मार परेको एक क्रसर उद्योगमा मालिकले बताए । प्रत्येक पोष्टबाट पाँच हजार देखि पच्चिस हजारका सम्म रकम उठाउँदै आएको समाचार स्रोतको दावी छ । पोष्टका प्रमुखहरु एसपी गिरीलाई पैसा बुझाउन ट्राफिक प्रहरी कार्यालय अत्तरिया पुग्ने गरेका छन ।
एसपी गिरीले गरेको अबैध रकम असुली आतंक तत्काल रोक्न नागरिकहरुले माग गरेकाछन् । उनी माथि तत्काल छानवीन गर्न सम्पत्ती सुद्धिकरण आयोगलाई समेत आग्रह गरिएको छ । एसपी गिरी अत्तरिया आएदेखिनै ट्राफिक ब्यवस्थापनमा ध्यान दिन आग्रह गरेपनि उनले जनताको आवाज सुनुवाई गरेका छैनन् । पूर्वपश्चिम राजमार्गमा गुड्ने कतिपय ट्याक्ट तथा टिपरहरुले ओभरलोड गरेका कारण सडक दुर्घटना हुने गरेका छन् । त्यसलाई रोक्न तर्फ ट्राफिकको ध्यान गएको पाईदैन । यस्ता कार्य रोक्नु भन्दा उनीहरुबाट मासिक रकम लिएर झनै यस्ता कार्यलाई ट्राफिक प्रहरीले नै बढवा दिईरहेको छ । महिनावारी रकम बुझाउने साधनहरुले सडक अनुशासन पालना गर्नु पर्दैन । तर सर्वसाधारण ब्यक्तिले सञ्चालनमा ल्याएका साधनहरुलाई चेकिंगका नाममा आतंक मच्चाएको एक ब्यवसायीले गुनासो गरेकाछन् । पछिल्लो समयमा ट्राफिक प्रहरीले मागे जती रकम दिन नसक्दा धेरै ट्याक्टरहरु घरमा थन्काउनु परेको गुनासो उनीहरुको छ ।
ट्राफिक ब्यवस्थापनका नाममा विभिन्न क्षेत्रमा खटाईएका ट्राफिक प्रहरीले विभिन्न बाहाना बनाउँदै यातायात ब्यावसायीहरुलाई दुःख दिँदै अबैध रकम उठाउने गरेकाछन् । विहान उज्यालो हिने बित्तिकै देखि साँझ अबेरसम्म विभिन्न सडक,गौँडा, चौक र जंगल किनारमा ट्राफिक प्रहरी पुग्छ । ट्राफिक नियमको पालना गराउनेर ट्राफिक चेतना फैलाउन हैन । कसरी रकम असुल गर्न सकिन्छ भन्ने ध्याउन्नेमा । हाकिमको ब्यक्तिगत स्वार्थ पुरा गर्नका लागि सडकमा खटिएका ट्राफिक प्रहरीले आफ्नो जागिर नै जोखिममा राखेर हाकिमलाई खुशी पार्न रकम उठाउँदै आएका छन् ।
कहिँ कतैबाट रकम लिएको खुलासा भएमा जागिर नै जाने खतराको समेत वास्था नगर्दै ट्राफिक प्रहरीले एसपी गिरीको ब्यक्तिगत स्वार्थ सिद्धकालागि काम गर्दै आएकाछन् । सुदूरपश्चिममा आउने ट्राफिक प्रहरी प्रमुख सुदूरपश्चिमको ट्राफिक ब्यवस्थापन सुधार्न भन्दा पनि आफ्नो एक वर्षे कार्यकाललाई अबैध रकम उठाउने कार्यकाल बनाउने गरेकाछन् । यस अघिका एसपीहरुले पनि आफ्नो कार्यकाललाई पैसा उठाउने कार्यकाल बनाएर गएका समाचार सार्वजनिक भएका थिए ।
ट्राफिक प्रहरीको सवैभन्दा बढी सास्ती पूर्वपश्चिम राजमार्गमा खेप्नु परेको छ । कुनै कुनै स्थानमा त पाँच सय मिटरको दुरीमा समेत बसेर चेक जाँचका नाममा अनावश्यक दुःख दिने गरेको गुनासो समेत आउने गरेको छ । ट्राफिक पहरीको फितलो ब्यवस्थापनका कारण नेपालका सवारी साधनमात्र नभएर भारतबाट आएका सवारी साधन समेत समस्यामा पर्ने गरेकाछन् । सीमा क्षेत्रबाट आउने भारतीय सवारी साधनलाई सीमा नाकामा नेपाल प्रवेश गर्दा आवश्यक पर्ने कागजातहरुका बारेमा जानकारी नगराउँदा आठ दश वटा ट्राफिक युनिट कटेपछि भारतीय सवारी साधन रोकेर रकम असुली गर्ने गरेको पाईएको छ । भारतीय नागरिकहरुलाई समेत अनावश्यक दुःख दिएर रकम उठाउने गरेको गुनासो पनि निकै बढेको छ । उनीहरुलाई शुरुमै सूचनाहरु नदिएर विचमा गएर जरिवानाको नाममा दुःख दिने गरेको छ ।
पछिल्लो समयमा राजमार्गमा गुड्ने ट्याक्टरहरुमा हुने ओभरलोडलाई ट्राफिक प्रहरीलेनै प्रोत्सान गर्ने गरेको छ । उनीहरु संग मासिक रकम लिने भएकाले ओभर लोड सामान हुँदा पनि रोक्दैन तर उनीहरुलाई नियमित रकम नदिने सवारी साधनलाई भने रोक्दै अनावशयक दुःःख दिने गरेको बुझिएको छ । ट्याक्टरमा ओभरलोड ढुंगाका कारण सडक दुर्घटनाको खतरा बढी भएपनि ट्राफिक प्रहरीको संरक्षणले उनीहरुले गल्ती दोहोर्याई रहेको दृष्य राजमार्गमा दैनिक देख्न पाईन्छ ।
मासिक रुपमा रकम लिने गरेको गुनासो बारे प्रहरी उपरिक्षक गिरीलाई बुझ्दा कसले किन आरोप लगो भन्ने बारे आफुलाई जानकारी नभएको बताए ।
उता सुदूर पश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीले आफुले पनि विभिन्न सञ्चार माध्याममा आएको देखेपछि आन्तरिकरुपमा अनुसन्धान गरिरहेको बताएका छन् । गल्ती गरेको भेटिएमा जुनसुकै दर्जाको व्यक्ति भएपनी कारवार्हीको भागेदार हुने उनले बताए ।