कैलालीको गोदावरी नगरपालिकाबाट एक जोडी सहित होटेल साहुनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नगरपालिकाको वडा नम्बर २ नमस्ते गल्लीमा रहेको कैलपाल सिगास होटेलबाट एक जोडी महिला पुरुष सहित सोही होटेलकी सञ्चालक (साहुनी) मंगलबार राती पक्राउ परेका हुन्।
अत्तरियाका विभिन्न होटलहरुमा अनैतिक क्रियाकलाप हुने गरेको भन्ने गुनासोको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती अपराध अनुसन्धान शाखाबाट खटिएको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) गंगा बहादुर थापाले बताए।
उनीहरू माथि थप अनुसन्धान भइरहेको डिएसपी थापाले जानकारी दिए।


