रुकुम पूर्व सिस्ने गाउँपालिका–४ नाथीगाड घर भई हाल अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका अमेरिकी नागरिक ५२ वर्षीय मृदुल भन्ने हस्त गौतमलाई बुधवार प्रहरीले पक्राउ गरेको हो ।
नेपाली नागरिकहरूलाई युएई (दुबई), थाइल्याण्ड, फिलिपिन्स, जाम्बीया, सिंगापुर, हङकङ लगायतका देशहरूमा पु¥याई राहदानी, मोबाइल समेत जफत गरी थप पैसा माग गर्ने, एजेन्टले भने जति पैसा नदिएमा शारीरिक मानसिक यातना दिने, विदेशमा रहेका एजेन्टहरूलाई बेचबिखन गर्ने, बुझाउने जस्ता क्रियाकलाप गरी अलपत्र पार्ने कार्यमा संलग्न उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले रुपन्देही बेलहियाबाट पक्राउ गरेको हो ।
उनले अमेरिका पठाइदिने भन्दै २ करोड भन्दा बढी पैसा असुली गरेको पाइएको छ । उनी माथि ७ दिन म्याद अनुमति लिई मानव बेचबिखन, ओसारपसार तथा सङ्गठित अपराध मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।