कञ्चनपुर : कञ्चनपुरबाट प्रहरीले भन्सार छली गरि ल्याएका कपडा र हार्डवेयरका सामान बरामद गरेको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–१० भन्सार रोड र भीमदत्त नगरपालिका–११ भुजेलाबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अनुमानित १ लाख ६२ हजार ९ सय ९० रुपैयाँ बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
भन्सार छलीका विभिन्न किसिमका कपडा, हार्डवेयर र किराना लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।


प्रकाशित :- २०८१ माघ ८, गते मंगलवार

