
काठमाण्डौ : नेपाल क्रिकेट सङ्घ (क्यान)ले टिम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको भन्दै महिला क्रिकेट टोलीकी सदस्य अप्सरी बेगमलाई निलम्बन गरेको छ ।


क्यानको बिहीबार बसेको बैठकले अप्सरीलाई निलम्बन गर्ने निर्णय गरिएको क्यानको सचिव पारख खड्काले जनाएका छन् । खड्काका अनुसार अप्सरीलाई निलम्बन गरी थप छानबिन गर्दै आवश्यक निर्णय गर्न अनुशासन समितिलाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।
जुलाई १९ देखि श्रीलङ्कामा हुने महिला टी-२० एसिया कपका लागि अहिले बन्द प्रशिक्षण चलिरहेको छ । बन्द प्रशिक्षणका क्रममा अप्सरीले टीम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको क्यानले दाबी गरेको छ ।



