कैलालीमा विद्यालय जाने क्रममा चट्याङ लागेर तीन बालिका घाइते भएका छन्।
बुधवार बिहान विद्यालय जाने क्रममा जिल्लाको घोडाघोडी नगरपालिका–९ बुदेनीका बालिका गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा ९ वर्षीया सरस्वती भुल, ७ वर्षीय पारु कठायत र १० वर्षीया खिमा कठायत रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपेन्द्र कुमार पालले बताए।
उनकाअनुसार उनीहरु मोहन्याल आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा चट्याङ लागेको थियो। गम्भीर घाइते बालिकालाई घोडाघोडी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ।


