कैलालीको गोदावरीबाट करिब एक लाख बाईस हजार एक सय सत्तरी मुल्य बराबरको भन्सार छलिका सामान बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलिले गोदावरी नगरपालिका ४ गोदावरीबाट सो परिमाणको सामान बरामद गरेको हो।
बरामद गरिएको सामान भन्सार कार्यालय कैलाली पठाइएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ।



प्रकाशित :- २०८१ माघ २, गते बुधबार

