आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा माओवादीकेन्द्रले सुदूरपश्चिमबाट रेणु चन्दलाई उम्मेदवार बनाउने भएकाे छ । सत्ता गठबन्धनमा अन्य र अपाङ्गतातर्फ काँग्रेस र महिलातर्फ माओवादीले उम्मेदवार बनाउने सहमति भएको छ ।
पार्टीका तर्फबाट बैतडीकी चन्दलाई अघि सार्ने सहमति भएकाे माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरी चाैधरीले जानकारी दिए । प्रदेशमा सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवार उठाउने भए पनि नेपाली काँग्रेसले भने अझै टुङ्गो लगाएको छैन ।



प्रकाशित :- २०८० पुष २२, गते आईतवार

