कैलाली : कैलाली जिल्लाकाे गाैरिगंगा नगरपालिका भित्र कार्यलय रहेका विभिन्न लघुबित्त बित्तिय संस्थामा कार्यरत कर्मचारीहरुले मिलन केन्द्र गठन गरेका छन् । कस्को अध्यक्षमा तपेन्द्र प्रसाद खनाललाई ल्याइएको छ ।
आइतबार चाैमालामा लघुबित्तहरुमा कार्यरत कर्मचारीहरुले इन्फिनिटि लघुबित्तमा कार्यरत खनालकाे अध्यक्षतामा काेषाध्यक्ष पछि थप्ने गरि १२ सदस्यीय मिलन केन्द्र गठन गरेको जनाएको छ । मिलन केन्द्रकाे उपाध्यक्षमा अभियान लघुबित्तका काशीराम काेइराला, सचिवमा युनिक नेपालका हरि प्रसाद जोशी, सह सचिवमा सुर्याेदय बाेलिका मकर प्रसाद भट्टराई रहेका छन् ।
मिलन केन्द्रको सदस्यहरुमा किसान लघुबित्तका खेम राज भाट, लक्ष्मी लघुबित्तका भत्त बहादुर धामी , नेरुडे मिर्मिरेकि शान्ति खड्का , फरवार्ड माइक्राेफाइनान्सका इन्द्र राज चाैधरि लगायत रहेका बताएको छ ।
लघुबित्त मिलन केन्द्रले लघुबित्त कर्मचारिहरु बिचकाे सम्बन्धलाई प्रगाढ बनाउँदै पछिल्लो समयमा लघुबित्त माथि पोखिँदै गएको गलत प्रचारलाई चिर्न याे मिलन केन्द्रले कार्य गर्ने केन्द्रका अध्यक्ष खनालले जानकारी दिए । साथै अध्यक्ष खनालले मिलन केन्द्रले विभिन्न समयमा सामाजिक कार्यहरु समेत सञ्चालन गर्दै जाने बताएका छन् ।
साथै यस मिलन केन्द्रको अर्को बैठक २०८१ साल बैशाख ४ गते अभियान लघुबित्त बित्तिय संस्थाको कार्यलयमा बस्ने जानकारी केन्द्रका सदस्य पदम राज चाैलागाइले दिएका छन् ।