
कैलालीको अत्तरियामा कोठा भाडामा लिएर यौन व्यवसायमा संलग्न चार जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका-२ आदर्श गल्लीबाट १ जना पुरुष र ३ जना महिलालाई प्रहरीले पक्राउ गरेको हो ।


ईलाका प्रहरी कार्यालय मालाखेतीको अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा कोठा भाडामा लिई यौन व्यवसायमा संलग्न १ पुरुष र ३ महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) गङ्गा बहादुर थापाले जानकारी दिए ।
उनीहरूलाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

मालाखेती प्रहरीले विभिन्न होटेलबाट यौन धन्दामा संलग्न होटल व्यवसायी तथा व्यक्तिहरुलाई पक्राउ गर्दै आएको छ।



