
कैलालीको घोडाघोडी नगरपालिकाबाट १ ट्याक्टर काठ सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पालिकाको वडा नम्बर ४ का हर्क चौधरी रहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
शनिबार राति ८ बजेको समयामा इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी दिपेन्द्र पालको कमाण्डमा अनुगमनमा रहेको प्रहरी टोलिले घोडाघोडी नगरपालिका ४ को श्रीराम सामुदायिक वनबाट विना कागजात ओसार गरिरहेको अवस्थामा उक्त परिमाणको काठ सहित ट्याक्टर चालक चौधरीलाई नियन्त्रणमा लिइएको डिएसपी पालले जानकारी दिए।
नियन्त्रणमा लिइएको काठ सहित ट्याक्टर र चालकलाई डिभिजन वन कार्यालय पहलमानपुरलाई बुझाइएको प्रहरीले बताएको छ।






