
कैलालीको धनगढीमा रहेको एक फार्मेसीमा प्रतिबन्धित औषधि बिक्री गरिरहेकै अवस्थामा लागू औषधिसहित सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।


धनगढी उपमहानगरपालिका-२ बैयावेहडी चोकमा कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका-५ का घर भएका २३ वर्षीय दिपकराज जोशीले सञ्चालन गरेको केयर फस्ट फार्मेसीबाट प्रतिबन्धित औषधी ट्रामाडोल २१ ट्याब्लेट बिक्री वितरण गरिरहेको अवस्थामा फेला पारी सञ्चालक जोशीलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ ।
उक्त औषधिर जोशीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको पनि वडा प्रहरीले जनाएको छ ।



