
धनगढीबाट एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।


धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकबाट सोही ठाउँ बस्ने २७ वर्षीय राकेश चौधरीलाई लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। चौधरीको साथबाट १३० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) समेत नियन्त्रणमा लिइएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्र सिहं बोहराले जानकारी दिए।





प्रकाशित :- २०८१ असार ६, गते बिहीबार