कैलालीको घोडाघोडी नगरपालिकामा प्रधानाध्यापक नियुक्ती विवाद चुलिएका बेला राष्ट्रिय माध्यमिक विद्यालय सुखडका शिक्षकहरूले विद्यालयका प्रधानाध्यापक धन बहादुर बम (आकाश) का विरुद्ध हस्ताक्षर गरेका छन् ।
जेठ ९ गते विद्यालयमा हाजिर रहेका शत प्रतिशत शिक्षकहरूले सोही विद्यालयमा कार्यरत मा.वि.तृतीय श्रेणी स्थायी शिक्षक माधव कुमार शर्मालाई प्रधानाध्यापक बनाउनु पर्ने भन्दै हस्ताक्षर गरेका हुन् । 

प्रधानाध्यापक बमले विद्यालयका शिक्षकहरू (स्टाफ) सँग समन्वय नगर्ने गरेको , विद्यालयको पूर्वाधारका लागि पुर्वीबजार व्यवस्थापनका लागि पहल नगरेको, कर्मचारीले पाउने सञ्चयकोष नहालेको, विद्यार्थी संख्या घट्दै गएको भन्दै बमका विरुद्ध हस्ताक्षर गर्नु परेको एक शिक्षकले बताए । पछिल्लो समय विद्यालयले जसरी गति ली रहेको थियो उहाँ आएपछि त्यो हुन सकेन । विद्यालय पूर्वाधारका लागि जसरी काम भइरहेको थियो सबै रोकिए ।विद्यालय हाजिर भएदेखि एकलौटी गर्दै जानुभएको छ । कुनै कुरामा पनि हामी सँग समन्वय गर्नु हुँदैन अर्का शिक्षकले निर्भीक पोष्ट सँग भने ।
शिक्षक माधव कुमार शर्माले समेत आफूलाई प्रधानाध्यापकमा नियुक्ती गर्नु पर्ने भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र हमाल समक्ष निवेदन दिएका छन् । 
अध्यक्ष हमालले यस विषयमा नगरपालिकाको शिक्षा शाखामा र शिक्षकहरू सँग छलफल गरेर निर्णय गर्ने बताएका छन् । सरहरूले हस्ताक्षर गरेर मलाई दिनुभएको छ । माधव सरले समेत निवेदन पेस गर्नु भएको छ । छलफपछी मात्रै के गर्ने भन्ने निर्णय आउला उनले भने ।
घोडाघोडी नगरपालिकाभित्र रहेका ५१ वटा विद्यालयका प्रधानाध्यापकका लागि २०८१ साउन ४ गते पालिकाले खुल्ला आवेदन माग गरेको थियो । जसमा २७ जना प्रधानाध्यापकहरू खुला प्रतिस्पर्धाबाट छनोट भएका थिए । सोही अनरुप नि.मा.वि. तहका बम राष्ट्रिय मावि सुखडमा प्रअ नियुक्ती भएका थिए । त्यस बेला रिक्त रहेको मावि तह दरबन्दीमा २०८१ कात्तिक ११ गते लेखा विषयका स्थायी शिक्षक माधव कुमार शर्मा हाजिर भएका थिए ।





