जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका ईलाका प्रहरी कार्यालय (इ.प्र.का.) क श्रेणीका प्रमुखहरूबीच वार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ।
आ.व. २०८२/८३ का लागि गरिएको सम्झौतामा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्द र टीकापुर, सुखड, मालाखेती, भजनी, लम्की, चिसापानी, सडकपुर बौनिया र फल्टुडे इ.प्र.का.का प्रमुखहरूले हस्ताक्षर गरेका हुन्।
सम्झौतामा उपलब्धिमूलक, पारदर्शी र प्रभावकारी प्रहरी सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाइएको छ।
सो अवसरमा प्रमुख चन्दले कार्य सम्पादन सम्झौतालाई नेपाल प्रहरीको काम कारबाहीको मेरुदण्ड भएको उल्लेख गर्दै सेवा चुस्त–दुरुस्त र नागरिकमैत्री बनाउन निर्देशन दिए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।


