कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा घोडाघोडी क्षेत्र संरक्षणका लागि सामुदायिक वनका पदाधिकारी सङ्ग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
घोडाघोडी जनजागरण मञ्चको आयोजनामा खानेपानीको हलमा बुधवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापति संस्थाका अध्यक्ष हेम बहादुर बम रहेका थिए।
प्रमुख अतिथिको आसनबाट बोल्दै ठाकुरले अहिले स्थानीय तह र सामुदायिक वन बिच स्वामित्वको विषयलाई लिएर विवाद भइरहेको बताए । उनले भने,स्थानीय तहले वन क्षेत्रलाई आफ्नो मातहतमा हो भन्न मिल्दैन तर सामुदायिक वन सङ्ग समन्वय सहकार्य गरेर संरक्षणका कार्यक्रम गर्न पाइन्छ ।
कार्यक्रममा बोल्दै त्रिवेणी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भिममाया तामाङ्गले सामुदायिक वनमा अहिले काम गर्न सक्ने अवस्था नरहेको बताइन ।
कार्यक्रममा सहभागीहरूले सामुदायिक वनमा चोरी सिकारी बढ्दै जानुका साथै आगलागी , डढेलो बढ्दै गएको बताएका छन्। उनी हरुले यसको रोकथामको लागि समूह सँग आर्थिक तथा प्राविधिक स्रोत नभएको पनि गुनासो गरे ।
कार्यक्रममा सामुदायिक वनहरूको विगत र वर्तमान अवस्था, कार्यालय सञ्चालन व्यवस्थापन, बन हेरालुको अवस्था, चोरी सिकारी वन पैदावार, वन्यजन्तु, माछा, चरा लगायत अन्य , सामुदायिक वनहरुको विद्यान र कार्य योजना कार्यान्वयन, घोडाघोडी क्षेत्र संरक्षणमा सामुदायिक वनको भूमिका विगत र वर्तमान , घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्चमा आबद्धता र नवीकरण विषयमा जानकारी एवम् अनुरोध, सामुदायिक बनमा देखिएका समस्या र चुनौतीका विषयहरुमा छलफल गरिएको छ ।
कार्यक्रमका बिच केही दिन अगाडि बिद्युत् सर्ट भएर आगलागीबाट घर जलेका घोडाघोडी नगरपालिका वडा १ बेलारका उत्तम बोहरालाई राहत स्वरुप नगद प्रदान गरिएको थियो ।
घोडाघोडी क्षेत्र संरक्षण तथा जन जागरण मञ्च नेपालले १० हजारको चेक प्रदान गरेको हो ।