कैलालीमा लागूऔषधसहित एकजना युवक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी निरीक्षक दिर्घ बहादुर साउँदको कमाण्डमा खटिएको प्रहरी टोलीले घोडाघोडी नगरपालिका–१ का ३१ वर्षीय मिन बहादुर बुढामगरलाई लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा बुढामगर बस्ने घरको कोठामा प्रहरीले खानतलासी गर्दा ५ ग्राम ७ सय ९० मिलिग्राम लागुऔषध ९ब्राउन सुगर० फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।


प्रकाशित :- २०८१ फाल्गुन २२, गते बिहीबार