
धनगढीः कैलालीको धनगढीकी चोरी मुद्दामा फरार रहेकी एक महिलासहित ३ जना दोषी पक्राउ परेका छन् ।


चोरी मुद्दामा २ वर्ष कैद सजाय ठहर भएकी धनगढी उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीया बिमला खड्का, चोरी मुद्दामै १ महिना कैद सजाय र ५ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–१३ का मोहन खाती र वन मुद्दामा ११ हजार ६८० जरिवाना ठहर भएका टीकापुर नगरपालिका–१ बस्ने ३८ वर्षीय महेन्द्र बि.क. सोमवार पक्राउ परेका प्रहरीले जनाएको छ ।
जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले जरीवाना ठहर गरेपछि तीनै जना फरार रहेका थिए । दुईजनालाई जिल्ला प्रहरी कार्यालय कैलाली र एक जनालाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।



