
गर्मी बढेपछि लम्कीचुहा नगरपालिकाले चार दिनका लागि गर्मी बिदा दिएको छ । नगरपालिकाको निर्णय अनुसार शिक्षा शाखाले नगर भित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थापक सबै विद्यालयलाई गर्मी बिदा दिएको हो।


गर्मीका कारण जनजीवन कष्टकर भएको र बालबालिकामा असर परेको भन्दै जेठ २१ गतेसम्मका लागि विद्यालय बिदा दिइएको जनाएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत माधव कुमार जैसीद्वारा प्रकाशित सूचनामा बर्खे बिदाबाट कट्टा हुने गरी नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिइएको उल्लेख छ ।
पछिल्ला केही दिनदेखि बढ्दै गएको गर्मीको कारण जनजीवन कष्टकर बन्दै गएको छ । बिहान सबेरैदेखि सुरु हुने गर्मी मध्याह्नसम्म ४४ डिग्रीसम्म तापक्रम पुग्ने गरेकाले जनजीवनसमेत प्रभावित बनेको छ ।




