कैलालीको लम्कीबाट प्रहरीले झन्डै तीन किलो चरेशसहित २ जना पक्राउ गरेको छ ।

लम्किचुहा नगरपालिका–३ चिसापानी खैरेनीमा पूर्व–पश्चिम राजमार्गको दक्षिणतर्फबाट कालिकोटको पचालझरना गाउँपालिका–६ का २८ वर्षीय अर्जुन बुढा र २७ वर्षीय विरेन्द्र बुढालाई २ किलो ७५ ग्राम चरेशसहित फेला पारी प्रहरीले पक्राउ गरेको जनाए छ ।
विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चिसापानी, कैलाली र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले दुवै जनालाई शुक्रवार नियन्त्रणमा लिएको हो ।



