
कैलालीको धनगढी, अत्तरिया र कैलारीबाट गरि प्रहरीले ४ लाख २३ हजार मूल्यको अवैध सामान बरामद गरेको छ ।


सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिएका प्रहरी टोलीले उक्त मूल्य बराबरका अवैध सामान बरामद गरेको हो । तर, भन्सार छलीका सामान भित्र्याउने कार्यमा संलग्न भने पक्राउ पर्ने गरेका छैनन् । सामान बरामद हुने तर संलग्न व्यक्ति पक्राउ गर्न भने प्रहरी असफल हुँदै आएको छ ।
प्रहरीले एकै दिन धनगढी र कैलारीबाट करिब ४ लाख २३ हजार ४ सय ७० मूल्यको अवैध सामान नियन्त्रणमा लिए पनि संलग्न व्यक्ति भने प्रहरीले नियन्त्रणमा लिन असफल भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २, १३ र १९ बाट मात्र करिब ३ लाख ८६ हजार ५ सय ५० मूल्यको विभिन्न कम्पनीका मोबाइलका पार्टपुर्जा, सुर्तिजन्य पदार्थ र बोइलर कुखुरा नियन्त्रणमा लिएको छ ।

उता कैलारी गाउँपालिका-३ हनुमान मन्दिरबाट करिब १२ हजार ९ सय २० मूल्यको आन्टी, पापड र गोदावरी नगरपालिका-३ चौकीडाँडाबाट २४ हजार मूल्यको अवैध मिठाई बरामद गरेको छ । बरामद गरिएको सामान कसको हो भन्ने विषय समेत प्रहरी पत्ता लगाउन सकेको छैन् । यसरी दैनिक रुपमा प्रहरीले अवैध सामान नियन्त्रणमा लिने तर संलग्न व्यक्तिलाई पक्राउ गर्नु त कता हो कता उसको पहिचानसम्म हुने गरेको छैन् ।



