कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित पायोनिस स्कलर्स एकेडेमीले बर्दगोरिया गाउँपालिकामा सञ्चालित सहारा घरलाई नगद ६० हजारसहित खाद्यान्न सहयोग प्रदान गरेको छ।
आइतबार विद्यालय परिसरमा आयोजित एक विशेष कार्यक्रममा सहयोग हस्तान्तरण गरिएको हो। कार्यक्रममा सहारा घरका सञ्चालक बलबहादुर बिष्ट प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रमको अवसरमा बिष्टले विद्यार्थीहरूलाई लक्षित गर्दै प्रेरणादायी (मोटिभेसनल) कक्षा सञ्चालन गरेका थिए। उनले जीवनमा संघर्ष, अनुशासन र सकारात्मक सोचको महत्वबारे आफ्ना अनुभव प्रस्तुत गर्दै विद्यार्थीहरूलाई उत्प्रेरित गरेका थिए।
कार्यक्रमको समापनमा विद्यालयका संस्थापक प्रिन्सिपल कुलप्रसाद भट्टले सहारा घरका सञ्चालक बिष्ट तथा उनको टोलीलाई नगद ६० हजारसहित खाद्यान्न हस्तान्तरण गरेका थिए।
विद्यालयले यसअघि पनि विद्यार्थीहरूको समग्र विकासका लागि यस्ता सामाजिक तथा ज्ञानवर्धक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।


