
कैलालीबाट भन्सार छलीका पेन्ट र सुर्ती, बिडी जस्ता सामान प्रहरीले बरामद गरेको छ ।


जिल्लाको भजनी नगरपालिका–१ ठेगरपुर र वडा नं. ६ नबलपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ४५ हजार ८९० मूल्य बराबरको सिल्भर पेन्ट, सुर्ती, बिडी लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त सामान इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो ।




प्रकाशित :- २०८१ भाद्र १३, गते बिहीबार