काठमाण्डौ: मिटरब्याज पीडितलाई आफ्नो समस्याबारे २१ दिन भित्र उजुरी दिन यस सम्बन्धी जाँच बुझ गर्न गठित आयोगले आह्वान गरेको छ ।

शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले पीडितहरूलाई आफ्नो त्यस्ता लेनदेनका कागजात र विवरणबारे सरकारलाई जानकारी दिन एक फारम भर्न र आफ्नो जिल्ला प्रशासन कार्यालयमा बुझाउन भनिएको हो ।
गृह मन्त्रालयको वेब साइटमा रहेको फारम डाउनलोड गरी उक्त फारमसँगै त्यस्ता अनुचित लेनदेनका लिखत, टिपोट, सर्तनामा लगायतका सबै सम्झौताका कागजात फोटोकपी गरेर प्रशासनमा बुझाउन आयोगले भनेको छ ।
अनुचित लेनदेनमा संलग्न साहु पक्षले पनि मेलमिलाप र सहज रुपमा विवाद समाधानका लागि पनि फारम भरेर पठाउन सक्ने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।



