कैलाली घोडाघोडी नगरपालिका–१ सुखड रङ्गशालामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा आज छैटौँ दिनमा बिहान दिउँसो पनि तीन खेल सम्पन्न भएका छन् । बिहान भएको पहिलो खेल हिमालय युवा क्लब भजनी र मनकामना युवा क्लब धनगढी बिच भएको थियो । जसमा हिमालय युवा क्लब भजनीले ३ गोल प्रहार गर्दे विजय भयो । निर्धारित खेल समयमा मनकामना युवा क्लब धनगढीले १ गोल मात्र फर्काउन सक्यो । बिहान भएको खेलको म्यान अफ द म्याच हिमालय युवा क्लब भजनीका खेलाडी रुपेश राजी भएका थिए
त्यसै गरी दिउँसो सम्पन्न भएको दोस्रो खेलमा घोडाघोडी क्लब र बिहानी युवा क्लब भजनी बिच भएको थियो । जसमा घोडाघोडी क्लबले २ गोल प्रहार गर्दे बिहानी युवा क्लब भजनीलाई हराएको थियो । निर्धारित खेल समयमा बिहानी युवा क्लब भजनीले गाल फर्काउन सकेन । उक्त खेलको म्यान अफ द म्याच घोडाघोडी क्लबका खेलाडी शिशिर केसी घोषित भए ।
आजै भएको दिउँसो तेस्रो खेलमा स्टार सिटी धनगढी र पञ्चकोशी युवा क्लब लम्की बिच खेल भएको थियो । जसमा स्टार सिटी धनगढीले १ गोल प्रहार गर्दे पञ्चकोशी युवा क्लब लम्की लाई हराएको थियो । निर्धारित खेल समयमा पञ्चकोशी युवा क्लब लम्किले गोल फर्काउन सकेन । उक्त खेलको म्यान अफ द म्याच स्टार सिटी धनगढीका क्याप्टेन धर्म साउँद घोषित भएका थिए ।
वैशाख २८ गते देखी सुरु भएको जिल्ला लिग ज्येष्ठ १२ गते सम्म सञ्चालन हुने छ । कैलाली जिल्ला लिग फुटबल सङ्घको आयोजना र घोडाघोडी क्लबको स्थानीय आयोजनामा हुने प्रतियोगिता सुखड रङ्गशालामा सञ्चालन भइरहेको छ । प्रतियोगितामा जिल्लाका ए डिभिजनका ७, बी डिभिजनका ६ र क्वालिफायर्सका ७ टिम गरी २० टिमको सहभागी रहेको छ । ए डिभिजन लिनको विजेता क्लबले ७५ हजार र दोस्रो हुने क्लबले ३७ हजार ५ सय पुरस्कार पाउने छन् । त्यस्तै बी डिभिजनको प्रथम हुने टिमले ५० हजार तथा दोस्रो हुने टिमले २५ हजार पुरस्कार पाउने छन् ।