धनगढीमा अवैध धन्दा चलाएकाे अभियाेगमा सुदूरपश्चिम स्पा सेन्टरका सञ्चालकसहितका ६ जनालाई पक्राउ गरिएको छ ।
शनिबार दिउँसो धनगढी उप-महानगरपालिका-४ चौराहामा रहेकाे सुदुरपश्चिम स्पा सेन्टरमा अनैतिक क्रियाकलाप भईरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक जनक ढुंगानाको टाेलीले छापा हानेकाे थियाे ।
साे क्रममा शंकास्पद गतिविधीमा संलग्न ४ युवती र १ जना तथा सञ्चालकलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
प्रकाशित :- २०८१ बैशाख ३०, गते आईतवार