कैलालीको घोडाघोडी नगरपालिकामा रहेको सुधार केन्द्रमा एक जनाको मृत्यु भएको छ।
नगरपालिकाको वडा नम्बर ४ भालुफाटामा रहेको पुनः स्थापना सुधार केन्द्रमा बस्दै आएका २५ वर्षीय सुनिल शाहीको मृत्यु भएको हो। उनको मृत्युबारे मङ्गलवार राती २ इलाका प्रहरी कार्यालयलाई जानकारी आएको कार्यालयका प्रहरी निरीक्षक दीर्घ साउँदले बताए।
घटनाको कारण अहिले सम्म खुलिनसकेको बताउँदै थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
प्रकाशित :- २०८१ बैशाख २६, गते बुधबार