बुधवार भएको आगलागीबाट पीडित घोडाघोडी नगरपालिका वडा नम्बर-४ जनकपुरका हंसराम संज्यालको परिवारलाई नगर सरकारले सहयोग गरेको छ । आगलागीबाट खाद्यान्न र लत्ताकपडा पूर्ण रूपमा नष्ट भएपछि परिवारको सहजताका लागि नगर प्रमुख खडकबहादुर रावतले बिहीबार घरमै पुगी खाद्यान्न, भाँडाकुँडा र त्रिपाल सहयोग गरेका हुन ।
“सामान्य छाक बासका लागि सानो सहयोग गरेका छौ । परिवारलाई थप के सहयोग गर्न सकिन्छ मुचुल्का र वडाको सिफारिसका आधारमा हामी छलफल गरि अघि बढ्ने छौ ।” नगर प्रमुख रावतले भने । उनले नलमा जथाभाबी आगो नलगाउन समेत आग्रह गरेका छन् ।
बुधवार दिउँसो स्थानीयले गहुँको नलमा आगो लगाउने क्रममा घर सल्केको थियो । पीडित परिवारका अनुसार आगोबाट करिब १० कुण्टन खाद्यान्न, ४ लाख नगद, गरगहना र बाख्रा जलेर नष्ट भएका छन् । गाँस, बास र कपालको चरम समस्यामा रहेको यो परिवारले सबैमा सहयोग अपेक्षा समेत गरेको छ ।
प्रकाशित :- २०८१ बैशाख २०, गते बिहीबार