पुर्व श्रममन्त्री शेरबहादुर कुँवरले बुधबार सेती राजमार्गको अनुगमन गरेका छन् । उनी हाल अछाम निर्वाचन क्षेत्र नम्बर-१ का प्रतिनिधि सभा सदस्य समेत हुन ।
राजमार्गको कामको अवस्था बुझ्न तथा कामलाई गति बढाउने उदेश्यले गरिएको अनुगमनमा राष्ट्रिय सभा सदस्य गरिमा शाह, घोडाघोडी नगरपालिका नगर प्रमुख खडक रावत, बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवर लगायतको समेत सहभागिता रहेको थियो ।
वनको अवरोधका कारण सेती राजमार्गको कामले गति तीन नसकेको भन्दै पुर्व मन्त्री कुँवरले आगामी वर्ष कैलाली देखि अछाम सम्मको ट्र्याकले पुर्णता पाउने दाबी गरेका छन् । “वनको अवरोधका कारण समयमै काम हुन नसकेको हो । अब करिब २ किलोमीटर मात्रै नयाँ ट्र्याक खोल्न बाकी छ । यसका लागि अब जिल्ला वन कैलाली संग हाम्रो कुरा हुन्छ । जति सक्यो चाडो बाकी काम सुरु हुन्छ ।” पुर्व मन्त्री कुँवरले भने ।
करिब २ किलोमीटर नयाँ ट्र्याक खोलेमा खक्रौलाघाटबाट खिमडी सम्मको सहज यात्रा हुनेछ । खिमडी देखि लोडेघाट ४० किलोमीटर र अछाममा करिब ७ किलोमीटर नयाँ ट्र्याक खोल्न बाकी रहेको छ । यसका लागि समेत सम्बन्धित मन्त्रालयमा समेत दबाब सृजना गर्दै बाधा/अवरोध फुकाउन अग्रसर बन्ने अनुगमन टोलीले जनाएको छ ।