
काठमाण्डौ: वैशाख १५ गते इलाम-२ र बझाङ प्रदेश सभा-१ मा सम्पन्न भएको उपनिर्वाचन जम्मा २४ जना उम्मेदवारकाे धरौटी जफत भएको छ ।


इलाम-२ प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन योङहाङ लिम्बूकाे जमानत जफत भएको छ । इलाममा उनीसहित १६ जना उम्मेदवारको धरौटी जफत भएको हो ।
लिम्बूसँगै एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई, राप्रपा उम्मेदवार लक्ष्मी गुरुङ लगायत १६ जनाको धरौटी जफत भएको हो ।

इलाम-२ मा विजयी भएका एमालेका सुहाङ, निकटतम् प्रतिस्पर्धी कांग्रेसका डम्बरबहादुर खड्का र तेस्रो स्थानमा रहेका पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह लिम्बूबाहेक सबै उम्मेद्वारको जमानत जफत भएको छ ।

यस्तै बझाङ-१ को प्रदेश सभा उपचुनावमा पनि नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंह सहित ८ जना उम्मेदवारको धरौटी जफत भएको छ ।

आफ्नो क्षेत्रमा खसेको मतमध्ये कुल सदर मतको १० प्रतिशत मत नकटाउने उम्मेदवारको जमानत जफत हुने कानुनी प्रावधान रहेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन,२०७४ अनुसार प्रतिनिधिसभा सदस्यका लागि १० हजार र प्रदेशसभा सदस्यका लागि ५ हजार रुपैयाँ धरौटी जम्मा गर्नु पर्दछ ।

अन्तिम मत परिणाम सार्वजनिक हुँदा इलाम-२ मा नेकपा एमालेका सुहाङ नेम्वाङ र बझाङमा एमालेकै दमन बहादुर भण्डारी विजयी भए ।