घोडाघोडीको एक घरमा आगलागी भएको छ ।

घोडाघोडी नगरपालिका -१ का उत्तम बोहराको घरमा सोमबार दिउँसो आगलागी भएको हो ।
विधुतको तार सट हुदा आगलागी भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरिक्षक दिर्घ साउँदले बताए ।
आगलागी हुँदा घर र गोठ पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरी निरिक्षक साउँदले जानकारी दिए।घर भित्र रहेको खाद्यान्न, दुइ तोला सुन, लत्ताकपडा लगायतका सामान र नगद गरी करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको पिडित बोहराले जानकारी दिए ।
आगलागीबाट मानवीय तथा चौपाया क्षति भने भएको छैन ।
इलाका प्रहरी कार्यालय सुखड घोडाघोडी नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।



