

बलात्कारको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन् । ओखलढुङ्गाको सुनकोसी गाउँपालिका–१० का वडा अध्यक्ष छवि रमण धमला पक्राउ परेका हुन ।

उनले स्थानीय एक २५ वर्षीय युवतीलाई बलात्कार गरेको पीडित युवतीको आरोप छ । पीडित युवतीले ओखलढुङ्गा प्रहरीमा असोज ५ गते दिएको जाहेरीको आधारमा अनुसन्धानका लागि धमलालाई प्रहरीले प्रहरीले जनाएको छ ।
“आइतबार ओखलढुङ्गा जिल्ला अदालतबाट उनलाई पक्राउ गर्ने पुर्जी प्राप्त भएको हो । सोही अनुरूप हामीले मङ्गलवार सिद्धिचरण नगरपालिकाबाट उनलाई पक्राउ गरेका हौँ । जिल्ला अदालतबाट सात दिनको म्याद लिएर उनलाई हिरासतमा राखेर घटनाका विषयमा अनुसन्धान थालेका छौ ।” जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बालिस्टर सिंहले भने । यता वडा अध्यक्ष धमलाले भने सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत स्ट्याटस लेख्दै षड्यन्त्र गरेर आफूलाई फसाउन खोजिएको बताएका छन् ।
